top of page

Indra Jatra Baltimore 2026 Press Release

Writer: Nepa Community USA
Nepa Community USA
Sep 4
1 min read

नेपालमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले हामी प्रवासी नेपालीहरूको मन अत्यन्त दुःखी र मर्माहत भएको छ। यस दुःखद् घडीमा पनि हाम्रो सांस्कृतिक धरोहर इन्द्रजात्रा २०२६ लाई निरन्तरता दिँदै, यस वर्षको कार्यक्रम सादगीपूर्ण रूपमा सम्पन्न गरी बाढीपीडितहरूको सहयोगमा समर्पित गर्ने निर्णय गरेका छौँ।


यस वर्ष सेम्टेम्बर २७ मा ११ बजेदेखि ५ बजेसम्म गनपाउडरमा सम्पन्न हुने इन्द्रजात्रा २०२६ कार्यक्रमको खर्च कटाई बाँकी रहने सम्पूर्ण रकम नेपा: कम्युनिटी युएसएको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ।


संस्कृति र परम्पराको संरक्षणसँगै विपत्तिमा परेको हाम्रो मातृभूमिप्रति सहयोग र ऐक्यबद्धता जनाउने यस अभियानमा यहाँहरूले दिनुभएको अमूल्य साथ, सहयोग, सद्भाव र सहभागिताका लागि हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।


सादर धन्यवाद।

इन्द्रजात्रा २०२६ संयोजक समिति

नेपा: कम्युनिटी युएसए

Comments


bottom of page